async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> पहिरो हटाई सडक खुलाउने प्रयास अन्तिम चरणमा । फोटो फिचर सहित | यूनिक न्युज (UNIQUE NEWS)

पहिरो हटाई सडक खुलाउने प्रयास अन्तिम चरणमा । फोटो फिचर सहित

नेगम परियार
भाद्र २७ मनाङ


हिमालपारीको जिल्ला मनाङमा सडक अवरुद्ध भएको करिब ३ महिना भैसकेको छ । गत असारको पहिलो साताबाटै लम्जुङ र मनाङ जोडने सडक बाढीपहिरोका कारण अवरुद्ध हुदै आएको र लम्जुङ मनाङ सिधा सञ्चालन हुन सकेको थिएन । लम्जुङ र मनाङका बिभिन्न सडक खण्डमा पहिरो गएको र लम्जुङ मनाङको सिमा क्षेत्र म्यार्दी खोलामा नब निर्मिंत मोटरेवल पुल खोलामा आएको बाढीले बगाए पछि सिधा सवारी साधन सञ्चालन हुन नसकेको हो । 


हाल लम्जुङ र मनाङ अवरुद्ध सडक खुलाउने प्रयास सबै हटाई बाकीँ लम्जुङ र मनाङका सिमा क्षेत्र म्यार्दी खोलामा बगाएको पुल पुन ट्रस पुल निर्मांण भैसकेको र बाकीँ उक्त खोलापारी आएको पहिरो र पहिरोसंगै आएको ढुङ्गगा सिधा सवारी साधन सञ्चालनमा बाधा बन्दै आएकोमा सो पहिरोमा आएको पहिरोको ढुङ्गगा पनि नेपाली सेना मनाङ्ग द्धारा ब्लास्टिङ्ग र मानिस द्धारा हटाउने प्रयास भैरहेको र काम अन्तिम चरणमा पुगेको नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।


सिधा सवारी साधन सञ्चालन हुन नसक्दा मनाङ्ग जिल्ला भित्र दैनिक उपभोग्य सामाग्रीहरुकमा अभाब समेत देखिएको छ । नेपाल खाद्य संस्थान मनाङ्गमा समेत खाद्यन अर्थात चामल लगाएत अन्य सामाग्रीहरुको अभाब भएको संस्थानले बताएको छ । खाद्यन्न संस्थान मात्र नभई जिल्ला भित्र सवारी साधन सिधा सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामाग्रीहरुको अभाब साथै महङगी भएको स्थानिय ग्राहकहरुको भनाई छ । सवारी साधन सिधा सञ्चालन हुन नसक्दा धुवानी तथा मानिस प्रयोग गरी धुवानी गर्दा महङ्गगो पर्न गएको ब्यापारीहरुको भनाई छ ।  सिधा सवारी साधन सञ्चालन हुन नसक्दा ब्यापारी तथा ग्राहक सेवाग्राहिहरुमा मात्र होईन पदैल यात्री र आन्तरिक तथा बाहिय पर्यटकहरुलाई समेत जोखिम यात्रा गर्नु परेका स्थानिय बासी सुनिल लामाले बताए । 


लम्जुङ्ग र मनाङ्ग सिधा सवारी साधन सञ्चालन हुन नसक्दा मनाङ्गमा निकै सास्ती खेप्दै आएका स्थानिय तथा पर्यटक र कर्मचारीहरुमा चाडै नै सहज र सिधा सवारी साधन सञ्चालन हुने भएको छ । रणदल गुल्म मनाङ्गका नेपाल प्रहरी द्धारा पहिरो हटाउन र पहिरोमा आएको ठुला ठुला ढुङ्गगाहरु बलास्टिङ्ग गरी हटाउने प्रयास अन्तीम चरणमा पुगेकोले अबको कए दुई दिनमा नै लम्जुङ्ग र मनाङ्ग एकमात्र सडक मार्ग रहेको सडक सिधा सवारी सञ्चालन हुने भएको नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले  बतए । चाडपर्ब नजिकिदै गर्दा सवारी साधन सिधा सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामाग्रीहरुमा महङगी हुनुका साथै दैनिक उपभोग्य सामाग्रीहरुको अभाब भएको हो । केहि दिनमानै लम्जुङ र मनाङ सिधा सवारी साधन तथा यात्रीहरु सहजरुपमा यात्रा तथा पैदल यात्रा गर्न मिल्ने बाढीले बगाएको पुल र पहिरोका कारण अवरुद्ध सडक खुले पछि सबैमा सहज यात्रा हुने नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र धलेले बताए । 





SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment