नेगम परियार
असोज ९ मनाङ
नजिकिदै गरेको बिजया दशमी, शुभ दिपावली , छठ पर्व तथा सवारी दुर्घटना न्युनिकरणका लागी मनाङमा थप ट्राफिक प्रहरी परिचालन गरिएको छ । नेपालीहरुको महान पर्व दशैँ तथा तिहार पर्वमा हुन सक्ने अपराधिक तथा सवारी साधनमा हुन सक्ने बिभिन्न दुर्घटनालाई मध्यनजर दिदै जिल्ला प्रहरी कार्यालय मनाङले जिल्ला भित्र थप ट्रफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरिक्षक श्रवण कुमार बि.क.ले बताए ।
चाडपर्वसंगै पर्यटक सिजन समेत सुरु भैसकेको समयमा पर्यटकहरुमा पनि बृद्धि हुदै आएकोले पर्यटक सुरक्षा , सवारी साधन दुर्घटना, सवारी साधनमा हुन सक्ने भाडा दरमा ठगी, लागुपदार्थ तथा मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने र कागज पत्र नलिईकन सवारी साधन चलाउने जस्ता कृयाकलापलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मनाङले ट्राफिक प्रहरी परिचालन गरेको बि.क.को भनाई छ ।
असोज ९ गतेबाट मनाङ जिल्लाको सदरमुकाम चामेमा र मनाङ ङिस्याङ गाउँपालिका हुम्दे प्रहरी चौकीमा थप ट्राफिक प्रहरी परिचालन गरेको हो । जस मध्ये हुम्दे प्रहरी चौकीमा एक जना र सदरमुकाम चामेमा २ जना गरी ३ जना ट्राफिक प्रहरी परिचालन गरेको छ । अब यी स्थानमा ट्राफिक प्रहरी परिचालन गरी निरन्तरता पाउने जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरिक्षक श्रवण कुमार बि.क.ले बताए ।
साथै जिल्ला प्रहरी कार्यालय मनाङ र ३२ नं. गुल्म सस्शत्र प्रहरी बल मनाङको सयुक्त चेक जाच समेत गर्न थालेको छ । सवारी चेक जाच ,सङकास्पक ब्यक्ति लागयतका कुरालाई मध्यनजर गरी सयुक्त चेक जाच समेत सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक श्रवण कुमार बि.क.ले बताए ।
तस्बिर : भोजु रुचाल
तस्बिर : भोजु रुचाल
0 comments:
Post a Comment
Thankyou for comment