नेगम परियार
असोज ९ मनाङ
हिमालपारीको जिल्ला मनाङमा सडक अवरुद्ध भएको ३ महिना पछि लम्जुङ – मनाङ सिधा सवारी साधन असोज ८ गते साझबाट सञ्चालन भएको छ । गत असारको पहिलो साताबाटै लम्जुङ र मनाङ जोडने सडक बाढीपहिरोका कारण अवरुद्ध हुदै आएको र लम्जुङ मनाङ सिधा सञ्चालन हुन सकेको थिएन । लम्जुङ र मनाङका बिभिन्न सडक खण्डमा पहिरो गएको र लम्जुङ – मनाङको सिमा क्षेत्र म्यार्दी खोलामा नब निर्मिंत मोटरेवल पुल खोलामा आएको बाढीले बगाए पछि सिधा सवारी साधन सञ्चालन हुन नसकेको हो ।
हाल लम्जुङ र मनाङ अवरुद्ध सडक पुन पुर्ण लम्जुङ र मनाङ सिधा सञ्चालनमा आएको छ । लम्जुङ र मनाङका सिमा क्षेत्र म्यार्दी खोलामा बगाएको पुल पुन ट्रस पुल निर्मांण भए पछि र बाकीँ उक्त खोला नजिकै आएको पहिरो र पहिरोसंगै आएको ढुङ्गगा हटाए पछि सिधा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरिक्षक श्रवण कुमार बि.क.ले बताए । सो पहिरोमा आएको पहिरोको ढुङ्गगा नेपाली सेना मनाङ्ग द्धारा ब्लास्टिङ्ग र मानिस द्धारा हटाए पछि मात्र ३ महिना पस्चात लम्जुङ र मनाङ सिधा सवारी साधन सञ्चालन भएको र पुल र पहिरो हटाए पछि आन्तरिक तथा बाहिय पर्यटकहरुमा समेत यात्रा सहज भएका नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।
सिधा सवारी साधन सञ्चालन हुन नसक्दा मनाङ्ग जिल्ला भित्र दैनिक उपभोग्य सामाग्रीहरुकमा अभाब समेत देखिएको थियो । नेपाल खाद्य संस्थान मनाङ्गमा समेत खाद्यन अर्थात चामल लगाएत अन्य सामाग्रीहरुको अभाब भएको संस्थानले बताएको छ । खाद्यन्न संस्थान मात्र नभई जिल्ला भित्र सवारी साधन सिधा सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामाग्रीहरुको अभाब साथै महङगी भएको स्थानिय ग्राहकहरुको भनाई छ । सवारी साधन सिधा सञ्चालन हुन नसक्दा धुवानी तथा मानिस प्रयोग गरी धुवानी गर्दा महङ्गगो पर्न गएको ब्यापारीहरुको भनाई छ । सिधा सवारी साधन सञ्चालन हुन नसक्दा ब्यापारी तथा ग्राहक सेवाग्राहिहरुमा मात्र होईन पदैल यात्री र आन्तरिक तथा बाहिय पर्यटकहरुलाई समेत जोखिम यात्रा गर्नु परेका स्थानिय बासी सुनिल लामाले बताए ।
0 comments:
Post a Comment
Thankyou for comment