async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङमा सवारी दुर्घटना न्युनिकरणका लागी सवारी चालकलाई सम्मान । | यूनिक न्युज (UNIQUE NEWS)

मनाङमा सवारी दुर्घटना न्युनिकरणका लागी सवारी चालकलाई सम्मान ।

नेगम परियार 
असोज १२ मनाङ

सडक दुर्घटना न्युनिकरणका लागी सवारी चालकहरुलाई सम्मान स्वरुप फुल माला र अबिर लगाई सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय मनाङ ।

सवारी दुर्घटना न्युनिकरणका लागी मनाङमा जिल्ला प्रहरी कार्यालय मनाङले सवारी चालकहरुलाई सम्मान गरेको छ । सवारी चालकहरुलाई उत्साह मिल्ने भन्दै जिल्ला प्रहरी कार्यालय मनाङले गत आईतबार सवारी चालकहरुलाई सम्मान गरेको हो ।

सडक सभ्याता हाम्रो चाहना सुरक्षित यात्राको सवैमा शुभकामना भन्ने मुल मन्त्रका साथ सवारी चालकहरुलाई सम्मान गरेको हो । सोहि अवसरमा अनुशिक्षण तथा पर्चा पम्पेल्ट बितरण समेत गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक श्रवण बि.क.ले बताए ।


नजिकिदै गरेको नेपालीहरुको महान पर्व बिजया दशमी , शुभ दिपाववली र छठ पर्वको अवसरमा लामो तथा छोटो दुरीका सार्बजनिक सवारी साधनहरुमा यात्रा गर्ने सम्पुर्ण यात्रीहरुको सुरक्षित यात्रालाई लक्षित गर्दै सबै सरोकारवालाहरुलाई सडक दुर्घटना न्युनिकरण अभियानमा सहभागी गराउने उदेश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सडक सभ्यता हाम्रो चाहना सुरक्षित यात्राको सवैमा शुभकामना कार्यक्रम आयोजना गरेको बि.क.ले बताए । कार्यक्रममा सवारी चालकहरुलाई टिका माला लगाई सडक दुर्घटना न्युनिकरण सम्बन्धि सचेतनामुलक अनुशिक्षण तथा प्रर्चा बितरण गरिएको थियो ।

सडक दुर्घटना न्युनिकरणका लागी सवारी चालकहरुलाई सम्मान स्वरुप फुल माला र अबिर लगाई सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय मनाङ ।

सवारी चालक सम्मानले चालकलाई हौषला मिल्ने र सवारी दुर्घटना सम्बन्धि जानकारी गराई सवारी दुर्घटनामा कम तथा रोकथाम हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय मनाङले सवारी चालकहरुलाई सम्मान गरेको हो ।










SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 comments:

Thankyou for comment