async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> सयपत्री फुल खेतीमा सकृय महिलाको सफताको कथा । फोटो फिचर सहित | यूनिक न्युज (UNIQUE NEWS)

सयपत्री फुल खेतीमा सकृय महिलाको सफताको कथा । फोटो फिचर सहित


नेगम परियार

 पोखरा 


नेपालको परिबेशमा पुरुषले कमाउने र महिला घरायासी काम गर्ने बाल बच्चाको स्याहार सुहार गर्ने भन्ने मान्यता छ । तर आजको समय यो भनाई र गाराईमा परिबर्तन आईसकेको छ । यस्तै उदाहरणको पात्र हुन पोखरा महानगर पालिका मौजा मोहरीया वडा नं.२० लामस्वरा बस्ने ३५ बर्षिय ममता गुरुङ्ग । उनि २० नं.वडा कै उदाहरण बन्न सफल भयकी छिन । 


आज भन्दा एक बर्ष पहिले मात्र उनिले आफनै खेतबारीमा सयपत्री फुल र च्याउँ खेती गरेर एक उदाहरणीय काम गरेकी छिन । उनको ८ बर्षको एक छोरा र उनीको जिबन त्यही फुलबारी र च्याउ खेती मा ब्यस्त हुने गर्छ । श्रीमानसंगको सम्बन्ध राम्रो नभय पछि उनि गाउँमै बसी ब्यबसाय सञ्चालन गरी बसेकी उनिले बताईन । ८ बर्षिय छोरा छोरा पोखरामा होस्टलमा पढन गय पछि ममता एक्लो भयको र दिन काटाउन समेत गारो हुन थाले पछि उनिले समयको सहि सदुपयोग गर्नका लागी एक बर्ष अगाडी सयपत्री फुल र च्याउँ खेती सुरु गरेकी ममताले बताईन । 

हाल ९ रोपनी जग्गामा (अमेरीक सिड ) जातीको सयपत्री फुल र सिताकी जापनीज जातीको च्याउँ खेती गरेकी छिन । हाल २ वटा घरमा १५०० मुडामा (सिताकी जापनीज) जातीको च्याउँ खेती गरेको र त्यस पछि (अमेरीक सिड ) जातीको सयपत्री फुल खेती सुरु गरेको बताईन । तिन महिना सयपत्री खेती र ६ महिना च्याउँ खेती हुने हुदा आम्दानी पनि हुने र समयको पनि सदुपयोग हुने गरेको ममताले बताईन । बर्षमा च्याउँबाट ६ महिना सम्म आम्दानी लिन सकिने र सयपत्री फुलबाट बर्षमा एक पटक मात्र आम्दानी लिन सकिने उनिले बताईन । 


च्याउँ सिजनमा प्रति के.जि ८०० रुपैँया र अफ सिजनमा १२०० रुपैँया सम्म बिक्रि हुने गर्दछ । सयपत्री फुलचाहि आफैले घरमै माला बनाई प्रति माला सानो मालालाई १५० रुपैँया र ठुलो मालालाई २०० रुपैँया सम्म बिक्रि हुने गरेको उनिले बताईन । गत बर्ष च्याउँबाट मात्र करिब एक लाख रुपैँया आम्दानी भयको र यो बर्ष बिक्रि भईरहेको र यो बर्ष च्याउँको बजार भाउँ राम्रो भयकोले यस बर्ष च्याउँको आम्दानी बढन सक्ने बताईन । सयपत्री फुल श्रावण महिनामा जमाउने र भाद्र महिनामा जमायको बिरुवा उखेलेर बारीमा रोपे पछि कार्तिक महिनामा तिहारलाई लक्ष्ति गरि सयपत्री फुल उत्पादन गर्ने गरिन्छ ।



त्यस्तै गत बर्ष बाट सुरु गरेको सयपत्री खेतीबाट पहिलो बर्ष नै एक लाख रुपैँयाको आम्दानी भयको थियो । यस बर्ष पनि कार्तिक महिनाको तिहार र बिबाहको सिजन मंसिर महिनाको अवसर पारेर सयपत्री फुल बिक्री गरिने र यस बर्ष सयपत्री फुलको  पनि राम्रै बजार भाउँ पाउनेमा ममता आशाबादी छिन । गत बर्ष बाट सुरु गरेकी च्याउँ खेती र सयपत्री खेती को लगानी करिब ९ लाख रुपैँया रहेको बताईन ।

ममताले पहिला पोखराको हस्पिटलमा क्यान्टीन सञ्चालन समेत गरेको र क्यान्टीनबाट राम्रो आम्दानी  नभय पछि गाउँमै आई आफनै खेत बारीमा च्याउँ र सयपत्री खेती गरी आफनै बाझो खेतबारीमा रगत पसिना बगाउन थालेकी हुन । चर्को घाममा टाउँकोमा रहेको सलले पसिना पुच्छदै उनिले भनिन , आफनै जमिन ,आफनै खेतबारीमा रगत पसिना बगायर काम गर्दा र आफनो ब्यबसायले पनि राम्रो आम्दानी लिन पाउँदा स्वर्गको आभास हुदो रहेछ । 


उनिले भनिन “आफैले गरेर आफनो जिबनमा नयाँ जिबन पाउँन सकिन्छ भने किन अर्काको भर पर्नु  होईन र” भन्दै ममताले मलाई प्रश्न गरिन । उनिको सयपत्री र च्याउँ खेतीको मुख्य बजार क्षेत्र भनेको  पोखरा नै रहेको र पोखरामा उनको उत्पादनको सिधै सम्पर्कमा उत्पादित सयपत्री फुल र च्याउँको माग भारी मात्रामा रहेकोले बजारमा माग पुरा गर्न नसकिएको उनिले बताईन ।


 (अमेरीक सिड ) जातीको सयपत्री फुलको बिउँ एक प्याकमा एक हजार सिड हुने र उक्त एक प्याकलाई चार हजार रुपैँया पर्ने गरेको र च्याउँको भने एकै पटक धेरै बिउँ ल्याउँने भयकोले एक प्याकको यति नै पर्छ भन्न चाहि नसक्ने तर अहिले सम्म च्याउँको बिउँको लागी मात्र उनिले असी हजार रुपैँया खर्च गरि सकेको उनिले बताईन । 


उनिलाई भाबी योजना के छ त यो ब्यबसाय प्रति भनेर सोध्दा उनिले भनिन , अब पन्ध्र सय मुडामा लागायको च्याउँ खेतीलाई बढाउने र यो जातीको च्याउँ मात्र नभई बर्ष भरि नै आम्दानी दिन सकिने च्याउँको पनि खेती गर्ने , सयपत्री फुलको खेतीलाई पनि बढायर बिस रोपनी जग्गामा खेती गर्ने , ग्रिनहाउँसबनाई अग्रानिक खेती ,बेमौषमी तरकारी खेती गरि होमस्टे सञ्चालन गर्ने उनिको सोच रहेको बताईन । 


यतिका कामहरु म एक्लै ले गर्न गारो भयकाले कामदार राखेरै भय पनि यी कामहरुलाई निरन्तरता दिई आफनो ब्यबसायलाई बढाउने उनिको भाबी योजना रहेको ममताले बताईन । उनिको च्याउँ खेती र सयपत्री खेती बाट प्रभाबित भयरै गाउँका पाँच घरमा सयपत्री खेती गरेको र उनिहरुलाई सुझाब सल्लाह तथा बिउँबिजन समेत उनिले नै उपल्बध गरिदियको उनिले बताईन । 


स्याङजाको चिनजानका एक दाईले यो ब्यबसाय सञ्चालन गरेको देखे पछि उनिले पनि आफनो जग्गामा यो ब्यबसाय गरेको र थप समस्या तथा सुझाब चाहियको खण्डमा उहाँसंगै सरसल्लाहा लिने गरेको उनिले बताईन । अब चाडै नै आफनै वडामा गाउँपालिकामा आफनै नाम बाट फार्म दर्ता गरी यस ब्यबसायलाई बृहत बनाउनमा लाग्ने ममताको सोच छ ।  


उनिलाई आज भोली च्याउँ र सयपत्री खेतीले थप नयाँ परिचय समेत दिनुको साथै उनको घर रहेको स्थानलाई पनि आजकल फुलबारीको नामाकरण समेत गर्ने गरेको गुरुङ्गले बताईन । उनको सयपत्री खेती भयको स्थानमा सिजनमा पोखराबाट बिभिन्न मिउजिक भिडियो समेत गर्न आउन थालेको र आफनो सयपत्री बारीमा सुटिङ्ग भयको देख्दा निकै खुशि हुने गरेको ममता गुरुङ्गले खुशि ब्यक्त गरिन । 


उनिले थप्दै भनिन सरकार बाट अझ थप तालिम तथा अनुदान बजेटहरु पाउन सके मलाई यस ब्यबसायलाई मदत पुग्ने उनिको सरकार समक्ष आशा रहेको ममता गुरुङले बताईन । च्याउँ र सयपत्री फुल खेती बाट उनिको जिबनयापनको लागी मात्र नभई राम्रो आम्दानी समेत भयको र खर्च बाहेको फाईदा भयको रकम बचत समेत रहेको  उनिले बताईन ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment