async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> सरकारले राम्रा र ठूला काम गरेको छ ः हरीराज अधिकारी | यूनिक न्युज (UNIQUE NEWS)

सरकारले राम्रा र ठूला काम गरेको छ ः हरीराज अधिकारी

राजेन्द्र न्यौपाने
गोरखा, १२ कात्तिक ।


गोरखा निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित  संघीय साँसद  तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संगठन विभाग सदस्य हरीराज अधिकारीले तिहार,नेपाल संवत ११४०, छठ लगायतका चाडपर्वहरुलाई लक्षित गर्दै पालुङ्टारमा
आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट सरकारले देश र जनताका आर्थिक जीवनमा प्रभाव पार्ने ठूला र राम्रा कामहरुगरेको बताएका छन् । अधिकारीले दिएका मन्तव्यको पूर्ण अंश तल  दिइएको छ ।
र्
मलाई पनि निम्ता गरेर साथीहरुले आउनुस, आउदा राम्रो हुन्छ , आइदिनु पर्यो भनेर भन्नु भो । म यता आउने भनेपछि केही साथीहरुको दिमागमा चाहिँ एकदमतछाडमछाड गरेका कुरा आईराखेका छन् । हामीलाई आज लाईराखेको सायद आज यो परिवर्तन त्यसै आईराखेको जस्तो, हामीले सहज ढंगले प्राप्त गरेको जस्तै
अनुभूति गर्ने स्थिति पनि हाम्रो समाजमा हामीले देखेका छौं ।

 तर त्यसो नभएर यो नगरपालिका भित्र कमरेड सञ्जय हुनुहुन्थ्यो हिजो देखि मलाई दिमागमा एकदम रिंगी राखेको छ । कमरेड निर्माण हुनुहुन्थ्यो, कमरेड बासु दाई , कमरेड अविरल हुनुभयो ।  यी थुप्रै होनाहार साथीहरुले व्यक्तिगत जीवन केही पनि होइन भनिकन यो परिवर्तनका निम्ति  बलिदान गर्नुभयो तर आज परिवर्तन भएको छ, केही चिजहरु पाए जस्तो पनि लाग्छ, फेरी कता कता हामीहरु हराए जस्तो स्थितिमा गुज्रिए जस्तो पनि लाग्छ ।  त्यसकारण म के भन्न चाहन्छु भने अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान संविधानसभा जे प्राप्त गरेका छौं त्यसको मूल पक्षम भनेको त्यही विगतको बलिदान, बलिदानको योगदानमा आधारित छ, मुख्य पक्ष यो हो  ।

नेपालको राजनैतिक इतिहासमा हेर्नुहुन्छ भनेपनि २००७ सालको राजनैतिक आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले गर्यो । २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भइसकेको थियो । नेपाली कम्युनिष्टहरुले त्यो आन्दोलनमा साथ र सहयोग दिएका हुन् ।  काँग्रेसले नेतृत्व गरेको सातसालको परिवर्तन टिक्न सकेन । फेरी त्यो प्रतिगमन तिर गयो विचमा विभिन्न घटनाक्रमहरु भए । ०६२÷०६३ को आन्दोलन जनयुद्ध र जनआन्दोलनको समायोजन नेपाली कम्युनिष्टहरुले गरेका हुन । नेपाली कम्युनिष्टहरुले गरेको आन्दोलन, युद्धको राजनीतिमा नेपाली काँग्रेस लगायतका शक्तिहरुले समर्थन र साथ दिएका हुन । त्यसकारण कम्युनिष्टहरुको नेतृत्वमा भएको परिवर्तन अहिले जे आएको छ यो चानचुने ढंगले आएको होइन ।

कम्युनिष्टहरुको नेतृत्वमा परिवर्तन हुने, राज्यसत्ता नयाँ आउने, कम्युनिष्टहरु नै निर्वाचनद्वारा जीत हासिल गर्ने, कम्युनिष्टहरुले नै संविधानसभा मार्फत बनेको यो संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यन्वयन गर्ने कुरा जो नेपालमा भईराखेको छ , यो देशीविदेशी प्रतिगामिहरुलाई शैह्या  भएको छैन । विभिन्न ढंगले यो परिवर्तनको विरुद्ध षड्यन्त्रहरु र खेलहरु भइराखेका छन् । मुख्य गरी यो परिवर्तनलाई विफल बनाउनको निम्ति हाम्रो नीति र नेतृत्व माथि हमला गर्न सकियो भने र नेतृत्वलाई सिध्याइयो भने परिवर्तन सिदिन्छ भन्ने हाम्रा विरोधहरुले अनुमानको योजना बनाएका छन् ।

        हामीले स्पष्ट रुपमा यो परिवर्तन जे तपाई हामीले प्राप्त गरेका छौं, यो पूर्ण छैन । यसको कार्यान्वनद्वारा नेपाली मौलिकताको समाजवादमा जाने भन्ने कुरा संविधानमा स्पष्ट लेखिएको छ । त्यो संविधान, त्यो समाजवाद ल्याउनको निम्ति हाम्रो पार्टीले जनताको जनवाद भन्ने कार्यदिशाको निर्माण गरेको छ । यो संक्रमणकालिन एउटा राजनीतिक कार्यदिशा चाहियो । हामी कम्युनिष्टहरुले भनेको जस्तै व्यवस्था अझै प्राप्त भएको छैन । त्यसको निम्ति अहिले के उपलब्धी भएको छ, त्यसलाई भरपुर प्रयोग गरेर त्यो बाँकी चिज प्राप्तिका लागि जनताको जनवाद कार्यृान्वय गर्ने र नेपाली मौलिकताको समाजवाद प्राप्त गर्ने अभियान र योजनामा हाम्रो पार्टी अगाडि बढेको छ ।

यो कुरा सत्य हो की विगतमा एक डेढ वर्ष अगाडि पार्टी एकताको विशिष्ट सन्र्दभका कारणले हामीले कैयौं संगठनात्मक कुराहरु व्यवस्थापन गर्न भ्याएका र सकेका छैनौं । आधारभूत कुराहरु धेरै सकेतापनि कतिपय कुराहरु जनताको जीवन व्यवहारमा छोएर पार्टीको विचार राजनीति, जनताको विचमा लगेर प्रशिक्षित गर्ने कुरा जुन हामीले हिजो गर्थ्यौं आज हामीले त्यो सकेका, भ्याएका र गरेका छैनौं । त्यो कुरा सत्य हो । त्यो हामीले आन्तरिक रुपले संगठनात्मक ढंगले चल्दो प्रक्रियासँगै गर्ने कुरा हो । तर हामी जनताको जनवाद कार्यन्वयन गर्न चाहन्छौं , सरकारमा बसेरपनि र बाहिर पार्टीले पनि । त्यो भनेको हामीले संविधानले दिएको अधिकार प्रयोग गर्ने भनेको हो ।

शान्तिपूर्ण ढंगले प्रतिस्ष्पर्धाको माध्यमबाट संघीयताको कार्यन्वय, गणतन्त्रको कार्यान्वयन, संविधानले भने अनुसार इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, के कुरा अपूर्ण छ, त्यसले सम्पूर्ण नेपाली जनताको अन्र्तविरोध हल गर्न सक्ने स्थिति छैन, त्यसलाई समाजवादमा लगेर हल गर्ने अभियानमा र योजनामा हाम्रो पार्टी अगाडि बढेको छ ।

       यस्ता विषयहरुलाई कार्यान्वयन गर्नको निम्ति हाम्रो सरकार, यतिबेला जो केन्द्रीय सरकार छ, साथीहरुले कसरी अफ्ठेरो नमानि भन्नु हुन्छ, संविधानमा तीन तहको सरकारको व्यवस्था गरिएको छ । केन्द्रीय तह, प्रदेश तह र स्थानीय तहमा अधिकार सहितको सरकार छ । अहिले केन्द्रमा कम्युनिष्ट पार्टीले धेरै जित्यो सरकार बनायो भने अरु जित्नेहरुले चाहिँ कुर्चिमा बस्ने मात्रै हो, सरकार कम्युनिष्ट बनाएको छ , त्यस कारण सबै कुरा कम्युनिष्टले
बनाईदिनुपर्दछ भन्न पनि साथिहरु हिच्किचाउनुहुन्न । हामीले तलदेखि माथि सम्म नै त्यस्तो कुरा सुनेका छौं । त्यो कुरा सत्य होइन ।

        हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको यो सरकारले पहिलो एक वर्षमा संविधान कार्यान्वनको निम्ति कानन निर्माण गर्ने, विधि विधान, नियमावली निर्माण गर्ने अर्थमा संविधान कार्यान्वयन आधारवर्षमा रुपमा सम्पन्न
गर्यो । दोस्रो वर्ष अहिले समृद्धिको आधारवर्षको रुपमा सरकार नेतृत्व गरेर अगाडि बढिरहेको छ र पार्टीले त्यहाँ समर्थन गरेको छ । ठूलाठूला कुराहरु भएका छन् । देश र जनताका निम्ति आर्थिक जीवनमा प्रभाव पार्ने ठूलाठूला र राम्रा कामहरु भएका छन् । जस्तै अन्तर्राष्टिय सम्बन्धका कुरा, २३ वर्ष पछि चिनियाँ राष्टपति आएर आर्थिक समृद्धिका निम्ति सकरात्मक सन्देशबाट आधार निर्माण भएका कुरा, पोखरा विमानस्थलका कुरा, अमलेखगंजमा पाइपलाईनबाट तेल आएको कुरा, कलंकी अण्डलाईन, मुग्लिन नारायणगढ रोड, यस्ता धेरै ठूला योजनाहरु सम्पन्न  भएका छन् । यो कैले बनेको हो , कम्युनिष्ट सरकारले बनाएको हो  । यो कुरा साँचो हो की जनताको जीवन व्यवहारमा प्रत्यक्ष प्रभाव पार्ने कैयौं साना कामहरुको व्यवस्थापन गर्न हामीले सकेका छैनौं ।

म पार्टीको तर्फबाट र जनप्रतिनिधिको हैसियतले पनि क्षमा चाहन्छु । तर त्यो एक्लै कसैले गरिदिने कुरा होइन, तपाईँ हाम्रो पनि सहभागिता चाहिन्छ । नेपाल, नेपाली समाज, पुँजीवादको प्रारम्भिक विन्दुमा अगाडि बढेको छ । पूँजीवादको प्रारम्भिक विन्दुमा अगाडि बढेपछि एउटा मौलिक पुँजिवादको विकास गर्न सक्यौं भने यो दिगो हुन्छ । दलाल तथा नोकरशाह पुुँजीवाद पूँजीपति वर्गले नेतृत्व गरेको पूँजीवादको विकासको नेतृत्व गर्ने कि
राष्टिय आत्मनिर्भर, स्वतन्त्र, राष्टिय आत्मनिर्भर पूँजीवादको विकास गर्ने अहिले लडाई चिन्तगत क्षेत्रमा यहाँ केन्द्रीत छ । तपाई हामीले आ आफ्नो ठाउँबाट लडाई लड्न जरुरी छ । पार्टीले केन्द्रीत भएर आफ्नो ठाउँ
अनुसार, स्थान अनुुसार, आफ्नो सम्भावना अनुसार जे सम्भावना छ, त्यो कुरा गरेर अगाडि जान जरुरी छ ।

        यस अर्थमा गोरखा जिल्लाको पालुङटार नगपालिका जुन छ  यो अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो । अघिल्ला बक्ता साथीहरुले पनि भनिसक्नु भएको छ । राजनीतिक हिसावले, जनमतका हिसावले, परिवर्तनलाई रुचाउने स्प्रिटका हिसावले गोरखा जिल्लाको यो अग्रणी भागमा पर्दछ । विकासका कुरामा स्मार्ट सिटी बनाउने कुरा, हवाईग्राउण्डमा हवाइजहाज चलाउने कुरा, लिगलिग विकासका कुरा,मस्र्याङ्दी भ्यालीका विकास लगायतका सम्भावनाका कुराहरुले यो क्षेत्रको नेतृत्व गर्ने वस्तुगत आधारहरु प्रशस्त छन । त्यस कारण नेकपाका
साथीहरु दायाँवायाँ नसोचि पार्टी नीति, योजना र निर्णयमा केन्द्रीत भएर आफ्ना क्षमता, योग्यता प्रयोग गरेर यो सम्भावनाहरुलाई भेट्नका निम्ति मेहनत र प्रयत्न गर्रौ । कोही पनि मानिस एक्लो विर हुन सक्दैन ।

        मान्छेहरुले कहिलेकाँही भनेको सुनिन्छ । एकचोटि निर्वाचित भयो मानिलिऔंउहि भए जस्तो । जस्तै म एक नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएको छु । हरीले गर्यो, हरीले गरेन, हरीले गर्नुपर्छ भनि मलाई सुझाव दिएको अर्थमा ठिक छ । तर म जितेको हरी अधिकारीले होइन, नेकपाले हो , म एक्लैले जित्ने भए पार्टीसँग टिकट किन लिने रु पार्टीले टिकट दिएर पार्टीको प्रतिनिधिको रुपमा तैंले यहाँ काम गर भनेर पार्टीले खटाएको  हो । कैयौं मनोविज्ञान त्यस्तो पनि छ । जित्ने वित्तिकै मैले जिते, मैले जानें, मै मन्त्री , मै साँसद, मै वडा अध्यक्ष, मैले गरे के हुँदैन भन्नेहरु छन् मलाई त्यो पनि गलत लाग्छ । अर्को गल्ती के छ भने , जितेर पनि केही पनि गरेन, यो खत्तम
यसलाई पार्टीमा राखियो, वडामा राखियो काम रहेन्छ भन्ने ।

मलाई के लाग्छ भने नेकपाको प्रतिनिधित्व गर्दै जजसले नेतृृत्व गरेको छ, एउटा मान्छे सिद्धियो भने, पार्टी सिद्धिन्छ, त्यसको प्रभाव पार्टीमा पर्छ, भोलि चुनावमा तेरो हिजोको प्रतिनिधि नेकपाले के गर्यो भने दुनियाँले गिज्याएको बेलामा के भन्ने रुअहिले मान्छेको कमजोरीलाई सिरानी हालेर असफल पार्न, फलानो त के हो र भनेर चोक चोकमा गिज्याउँदै हिँड्न थाल्यौं भने हामीले सुख पाउने स्थिति छैन । जो भएपनि, जस्ता भएपनि यति
हामीले प्रतिनिधि बनाएका हौं भने प्रतिनिधिले पनि म पार्टीको हो भनेर बुझ्नैपर्छ , पार्टीको योजनामा चल्नैपर्छ, बनाउनेले पनि यो हाम्रो प्रतिनिधि हो भनेर काखी च्यापेर सम्झाएर बुझाएर सफल पार्नैैपर्दछ । यदि यसो गरियो भने गोरखा जिल्लामा र यहि क्षेत्रमा पनि हाम्रो पार्टी, राजनीति, नीति, नेतृत्वका सवालमा धेरै कुराहरु गर्न सक्छौं ।

        अहिले राष्टिय अन्र्तराष्टिय, देशीविदेशी प्रतिक्रियावादीहरुले यो पार्टीको नीति र नेतृत्व माथि धावा बालिरहेको बेलामा दृढतापुर्वक पार्टीको नीति, कार्यक्रम, योजना र पार्टीको झण्डामुनि गोलबन्द हुनको निम्ति यस्ता खालका कार्यक्रमले हामी सबैलाई सद्बुद्धि  दियोस् । तपाइँ हामी सबैले तिहारको चाडवाड मनाईसकेपछि, सरसल्लाह ,छलफल गरिसकेपछि आज भन्दा एउटा उचाईका साथ बुझाई आर्जन गरेर देशको, जनताको भोलिन्टिएर सेवामा लाग्न सकौं, यहि शुभकामना, शुभेच्छा बाँकी चाडपर्वको सन्दर्भमा राख्दै
विदा हुन्छु लालसलाम १ ’
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment