नेगम परियार
कार्तिक १८ मनाङ
मनाङको नार्पाभुमी गाउँपालिका अन्र्तगत पर्ने हिमलुङ हिमाल तर्फ लागेका ३ जना पर्यटक मध्ये १ मृत्यु भएको छ र २ जना बिरामी परी उद्धार गरीएको छ । मनाङ जिल्लाको नार्पाभुमी गाउँपालिका बेसक्याम्पमा घुम्न आएका पदमार्गमा हिमाल हिमलुङमा आएका पैदलमार्गमा बिदेशी पर्यटकहरुको मुत्यु तथा बिरामी भएको जानकारी अनुसार उद्धार गरीएको हो । उद्धारको क्रममा काठमान्डौँबाट डाईनेष्टिक एयरको हेलिकप्टर द्धारा २ जनाको घाईते अवस्थामा रहेकाहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
गत १७ गते हिमलुङ हिमालबाट रेष्क्यू गरी काठमान्डौँ स्थित टिचिङ्ग हस्पिटल लगीएको कार्कीले बताए । मृत्यु हुने पर्यटकको खोजी कार्य तथा उद्धार कार्य जारी रहको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चामे मनाङले जनाएको छ । बिरामी भई घाईते अवस्थाका २ पर्यटकलाई रेष्क्यू गरी काठमान्डौँ स्थित टिचिङ हस्पिटल गरिसकिएको छ । उक्त ३ जना पर्यटकहरु ईमेजीईङ्ग नेपाल ट्रेकिङ्ग काठमान्डौँबाट हिमलुङ हिमाल तर्फ आएका थिए ।
घाईते हुने हरुमा ३ नै जना पर्यटकहरु पुरुष भएको र सबै एउटै देशका नागरिक भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनायको छ । मृत्यु हुनेमा फ्रेन्नडो सन्चेज ग्रेसेस रहेको छन भने बाकीँ २ जनाको बिरामी अवस्थामा प्रहरी द्धारा उद्धार गरीसकिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
0 comments:
Post a Comment
Thankyou for comment