नेगम परियार
कार्तिक १९ मनाङ
जिल्ला प्रहरी कार्यालय मनाङले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पुन तिलिचो ताल सम्मको पर्यटकीय गन्तब्यमा पर्यटक सुरक्षा गस्तीलाई निरन्तरता दिने क्रममा पुन गत कर्तिक १५ गते तिलिचो तालको यात्रामा निस्किएको हो ।
जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीको कमाण्डमा ४ जनाको प्रहरी टोली सहित गस्तीमा निस्कियको प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए । कार्की लगायत जिल्लाका प्रमुखहरु सहित मनाङ ङिस्याङ गाउँपालिका वडा नम्बर ९ स्थिीत तिलिचो ताल सम्म पर्यटक सुरक्षा गस्ती सञ्चालन गरेको हो ।
प्रहरी गस्तीमा प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, राष्ट्रिय अनुशन्धान आयोग मनाङका प्रमुख अनुशन्धान अधिकृत प्रचण्डमान डंगोल सहितको टोली सयुक्त सहभागीतामा अनुगमन गरी पर्यटक सुरक्षा अवस्था तथा उक्त स्थानको बस्तु स्थििती बारे अनुगमन समेत गरिएको कार्कीले बताए ।
सोहि अवसरमा पर्यटन मार्ग सुरक्षा गस्ती तथा अनुगमनको क्रममा तिलिचो बेस क्याम्प तथा तिलिचो ताल ईलाकामा पर्यटक सुरक्षा सम्बन्धी पर्चा पम्पलेट वितरण तथा टांस गनै निर्देशन दिईएको र अनुगमनका क्रममा केहि सुधार गर्नु पर्ने पक्षहरुको बारेमा समेत छलफल गरिएको कार्कीको भनाई छ ।
जस मध्ये पर्यटकलार्य पर्यटकिय मार्गको अवस्था, मौषम ब्यवस्थापन लगायतको सुचना दिन जिल्लाको प्रबेश मार्ग नासोँ गाउँपालिका अन्र्तगत धारापानीमा ब्यवस्थित सुचना केन्द्र राख्नु पर्ने जस्ता सुझाब प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरिक्षक कार्कीले बताए ।
मनाङको खाङ्गसार देखि तिलिचो बेशक्याम्प सम्म पर्यटकको चापलाई मध्यनजर गरी उपयुक्त बासस्थान , होटल रेष्टुरेण्टहरुको ब्यवस्था गर्नेुपर्ने , चिसो ठाउँ भएकाले लेक लाग्ने कारण मुख्य कारण भएकाले बिरामी पर्यटकका लागी सिजनमा चिकित्सक तथा औषधी सहित तिलिचो बेश क्याप्ममा अस्थायी उपचार तथा उद्धार ब्यवस्थापन गर्नुपर्ने र सडक पैद मार्ग जोखिमपुर्ण रहेकोले मर्मत संभार तथा ठाउँ ठाउँमा संदेश , सुचना मुलक नक्सा सहितको संकेत बोर्ड राख्नु पर्ने जस्ता बिचार तथा सुझाब समेत संकलन गरेको र यी सुझाब संकलन गरी सम्बन्धीत निकायमा पुराई यस प्रति ध्यान दिन अनुरोध समेत गर्ने गरी मनाङ प्रहरी पर्यटकीय मार्ग अवलोकन तथा तिलिचो ताल सम्मको गस्ती गरी पुन कार्तिक १७ गते चामे फर्केको जिल्ला प्रहरी कार्यालय मनाङका कार्यालय प्रमुख टिका बहादुर कार्कीले बताए ।
मनाङ प्रहरीले यस अघि पनि लार्केपास, थोरङ्गलापास,कजिनसारा ताल,अन्नपुर्णबेसक्याम्प,लम्जुङ्ग हिमाल बेश क्याम्प र तिलिचो ताल सम्मको पर्यटक सुरक्षा गस्ती गरिसकेको छ । बिशेष गरी तिलिचो तालमा पर्यटकहरुको बढी भार हुने भएकाले यस पटक पनि पुन पर्यटक सुरक्षा गस्ती गरेको हो । यस बाहेक पनि अन्य जिल्ला भित्रको पर्यटकीय स्थानहरुमा पर्यटकहरुको सुरक्षालाई ध्यानमा राखी पर्यटक सुरक्षा गस्ती गर्दै आएको छ ।
0 comments:
Post a Comment
Thankyou for comment