async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङमा बिद्यालय सम्पर्क कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको स्थानियहरुको प्रतिकृया । | यूनिक न्युज (UNIQUE NEWS)

मनाङमा बिद्यालय सम्पर्क कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको स्थानियहरुको प्रतिकृया ।

नेगम परियार
कार्तिक २३ मनाङ


मनाङमा मनाङ प्रहरीले बिद्यालय सम्पर्क कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।  गत २१ गते मनाङ प्रहरी द्धारा जिल्ला भित्रका प्रहरी चौकी ताल र भानु माबि तालको संयुक्त आयोजनामा भानु माबि तालको सभाकक्षमा संचालित प्रहरी कार्यक्र सम्पन्न गरेको छ । प्रहरी सम्पर्क कार्यक्रममा अपराध नियन्त्रणका साथै असल नागरिक निर्माणमा बिद्यार्थी अभिभावक तथा स्थानियको महत्वपुर्ण भुमिका हुने भएकोले जिल्ला भित्रका सबै बिद्यालयमा बिद्यालय सम्पर्क कार्यक्रमलाई निरन्तरता दिने क्रममा जिल्लाको भानु माबि तालमा कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

मनाङ प्रहरीको समुदाय प्रहरी साझेदारी अवधारण अन्र्तगत जिल्ला भित्र हुने अपराध तथा अपराधिक कृयाकलाप लगायत महिला हिँसा सम्बन्धीत कार्यमा बिद्यालय,बिद्यार्थी,शिक्षक,अभिभावकहरुले यी र यस्ता कुराहरुमा जानकारी भए जिल्लाका हरेक नकारात्मक तथा अपारधिक कार्यहरुमा प्रहरीलार्य सहयोग पुगी यस्ता कृयाकलापहरु नियन्त्रण भई अपराधीक कृयाकलाप घटाउन सक्ने मनाङ प्रहरीको उदेश्य भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।


बिद्यालय सम्पर्क कार्यक्रममा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गतका जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले शान्त्ति सुरक्षा र अपराध नियन्त्रणका लागी कानुन प्रावधानका मुख्य मुख्या बुदा समेत प्रस्तुत गर्नु भएको थियो ।

प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर थापाले लागु औषध,मानव वेचविखन,घरेलु तथा लैंगिक हिँसा र बाल यौन दुब्यवहार लगायतका बिषयमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको बताउदै सबैले प्रहरीलाई सहयोग गर्नको लागी समेत आग्रह गरेका थिए ।  


त्यस्तै जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका अन्र्तगत सिमा प्रहरी चौकी हुम्दे को आयोजनामा गत २१ गतेका दिन मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ६ स्थिीत अन्नपुर्ण मा.बि.मा समेत बिद्यालय सम्पर्क कार्यक्रम गरेको छ । लागु औषध मानव वेचविखन,ट्राफिक नियम, घरेलु तथा लैंगिक हिँसा र बाल यौन दुब्यबहार , बाल अधिकार यौन शोषण लगायतको बिषयमा जनचेताना मुलक कक्षा संचालन तथा पर्चा बितरण गरेको सिमा प्रहरी चौकी हुम्देले जनाएको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment