नेगम परियार
मंसिर १ मनाङ
नेपाल लाईफ ईन्स्योरेन्स क.लि गोरखा शाखाले बिमित परिवारलाई आईतबार बिमा बापत पाउने रकम हस्तान्तरण गरेको छ । धार्चे गाउँपालिका वडा नं. २ केरौजा घर भएका मृतक धन बहादुर गुरुङको परिवारलाई नेपाल लाईफ ईन्स्योरेन्स क.लि. गोरखा शाखाले बिमा बापत २१ लाख ३० हजार रुपैँया आईतबार हस्तान्तरण गरेको हो ।
मृतक गुरुङ मनाङमा यार्सागुम्बा ब्यापार गर्दै गर्दा मनाङ उप शाखाबाट जिबन बिमा गरेका थिए । गुरुङले बिमा गरेको २ किस्ता बापत १ लाख २४ हजार ३ सय ३८ रुपैँया मात्र तिरेकोमा समय अबधि अगाडी नै बिजुली करेन्ट लागेर गत असोज १५ गते गुरुङको मृत्यु भएको नेपाल लाईफ ईन्स्योरेन्स क.लि.मनाङ उप शाखाका प्रबन्धक राजेश तिवारीले बताए ।
मृतक गुरुङले १० लाखको नेपाल लाईफ ईन्स्योरेन्स क.लि.मा जिबन बिमा गराएका थिए । नेपाल लाईफ ईन्स्योरेन्स क.लि. गोरखा शाखाका प्रबन्धक प्रशिद्ध पोखरेलबाट मृतक परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । मृतक गुरुङको बिमाङ्क बापत रु.१० लाख रुपैँया र दुर्घटना बिमा बापत १० लाख र २ बर्षको बोनस १ लाख ३० हजार गरी जम्मा २१ लाख ३० हजार रुपैँया नेपाल लाईफ ईन्स्योरेन्स क.लि.गोरखा शाखाले आईतबार मृतकको परिवारलाई हस्तान्तरण गरेको तिवारीले बताए ।
0 comments:
Post a Comment
Thankyou for comment