async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर, मुग्लिन पुल देखि सत्रसयफाँट सम्म सरसफाई ।। | यूनिक न्युज (UNIQUE NEWS)

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर, मुग्लिन पुल देखि सत्रसयफाँट सम्म सरसफाई ।।


आँबुखैरेनी, ६ मंसिर ।
राम बहादुर धामी

Image may contain: 3 people, people smiling, outdoor

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आँबुखैरेनी गाउँपालिकाले आज बिहान मुग्लिन पुल देखि सत्रसयफाँट सम्म सरसफाई गरेको छ । जिल्ला ब्यापी राजमार्ग सरसफाई कार्यक्रम अन्तर्गत गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा पृथ्वी राजमार्गको मुग्लिङ्ग पुल देखि सत्रसयफाँट सम्म बिहान ७ बजे देखि ९ बजे सम्म सरसफाई कार्यक्रम गरिएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ । सरसफाई कार्यक्रममा विभिन्न राजनैतिक दल, गाउँपालिकाका कर्मचारी, व्यापारी, स्थानीयबासी, टोल सुधार समिती, संघसंस्था, नेपाली सेना, नेपाल प्रहरी, क्लब, महिला समुह, सहकारी, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले गाउँपालिका भित्र, स्वदेशी तथा बिदेशी पर्यटक भित्राउनको लागि दीर्घकालिन रुपमा अन्य विभिन्न कार्यक्रम समेत गरीरहेको बताउनुभयो ।

Image may contain: 13 people, crowd and outdoor
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment