async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> लैंगिक हिँसा विरुद्धको १६ दिने कार्यक्रम | यूनिक न्युज (UNIQUE NEWS)

लैंगिक हिँसा विरुद्धको १६ दिने कार्यक्रम



मनाङ-मंसिर ११ गते ,


जिल्ला प्रहरी कार्यालय मनाङ चामेको कार्ययोजना बमोजिम मनाङको नासो गा.पा.वडा नं.४ ओडारमा १६ दिने लैंगिक हिँसा नियन्त्रण अभियान अनतर्गत सम्बन्धि वडा स्तरिय बैठक तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

 जिल्ला प्रहरी कार्यालय मनाङ अन्तरगत सिमा प्रहरी चौकी धारापानी मनाङको आयोजनामाजिल्ला मनाङ नासो गा.पा. वडा नं.४ ओडार वडा कार्यालयको सभाहलमा विहान ०९:३० वजे देखि १२:३० वजेको समय सम्म सि.प्र.चौ.धारापानी मनाङवाट प्र.स.नि. श्री मुक्त बहादुर खड्काको अध्यक्षतामा, प्रमुख अतिथि नासो गा.पा. वडा नं. ४ का वडा अध्यक्ष श्री चोक बहादुर गुरुङ, स्थानिय जनप्रतिनिधि, आमा समुह, युवा क्लव, होटल व्यवसायी, जेष्ठ नागरिक, स्वास्थ्य स्वयम सेवीका र समाज सेवी लगायत अं. ५५/६० जनाको उपस्थितिमा लैङगिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार, ला.औ.दुर्व्यसनी न्युनिकरण, घरेलु हिंसा एवं यौन दुर्व्यवहार सम्वन्धि सचेतना सम्बन्धि छलफल तथा अन्तरकृयागरिएको उक्त कार्यक्रमको विषय बस्तु तथा कार्यक्रम संचालन प्र.ह. कृष्ण प्रसाद रेग्मीले गर्नु भएको थियो ।

Image may contain: 1 person, standing and outdoor

उक्त कार्यक्रमका निम्न लिखित निर्णयहरु :-

(क) लैंगिक हिंसा सम्बन्धी कार्यक्रमहरु यसरी नै गाउँ टोलमा गर्ने र कानुनको बारेमा स्पष्ट रुपमा जनचेतना एवं जानकारी मुलक कार्यक्रमहरु फैलाउने ।

(ख) हिउदको बेलामा हिमपात पर्ने भएकोले मानिषमा क्षेती नभय पनि पशु चौपायमा क्षेती हुनाले तिनिहरुको डाटा तयार गरी सम्बन्धित निकायमा पुऱ्याई क्षेतिपुर्तिको पहल हुनु पर्ने ।

(ग) लैंगिक हिंसा अन्तरगत बृद्ध बृद्धा,एकल महिला, अपाङ्गता भएका ब्यक्तिहरुलाई विभिन्न किसिमका आरोपहरु गालि वेजती जस्ता सर्वजनिक स्थानमा तथा कहि कतै गरेमा कानुन बमोजि कारवाहि गरीनु पर्ने ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment