नेगम परियार
कार्तिक २४ मनाङ
जिल्ला प्रहरी कार्यालय मनाका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्की बिद्यार्थीहरुलाई प्रहरी कार्यालयको काम कर्तब्य बारे जानकारी दिनुहुदै । |
मनाङ प्रहरीले दैनिक दुई देखि चार वटा सम्म कार्यक्रम गर्दै आएको छ । जस मध्ये मनाङ प्रहरीद्धारा फेरी नयाँ कार्यक्रम लिएर आएको छ । समुदाय प्रहरी साझेदारी अवधारणा कार्यन्वयनको क्रममा आईतबार सदरमुकाम चामे स्थित लोकप्रिय मा.बि. चामे मनाङमा कक्षा १० मा अध्यनरत १५ जना छात्र छात्रा र प्रध्यानाध्यापक सुरेश कुमार थापा सहितको टोलिलाई जिल्ला प्रहरी कार्यालय मनाङको अववलोकन भ्रमण गराएको छ ।
भ्रमण तथा प्रहरी काम कार्य सम्बन्धमा जानकारी समेत गराईएको थियो । प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले सबै बिद्यार्थी तथा प्र.अ. शिक्षकहरुलाई स्वागत तथा धन्यबाद ज्ञापन गरेका थिए । प्रहरी नायब निरीक्षक राम बहादुर बानियाँ र कृष्ण बहादुर थापा लगायतका प्र.क.बाट प्रहरी परीचालन कक्ष,अपराध अनुसन्धान लगायतका शाखाहरुको काम कर्तब्य लगयतका बिषयमा बिद्यार्थीहरुलाई जानकारी समेत गराईएको थियो ।
बिद्यार्थीहरुमा पनि प्रहरी कार्यालयको बारेमा जानकारी भए अपराध तथा अपराधिक कार्यहरुमा कमी आउनुको साथै यस्ता नकारात्मक कार्य कमी गराउन बिद्यार्थीहरुबाट पनि ठुलो सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै बिद्यार्थीहरु र प्रहरीहरुमा एक आपसमा साझेदारी गराउन समेत यो अवलोकन भ्रमण गरायको बिद्यालयका प्र.अ. सुरेश कुमार थापाले बताए ।
0 comments:
Post a Comment
Thankyou for comment