async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङ प्रहरीद्धारा बिद्यालय सम्पर्क कार्यक्रमलाई त्रिब्रता , बिद्यार्थीलाई जनचेतना मुलक प्रशिक्षण । | यूनिक न्युज (UNIQUE NEWS)

मनाङ प्रहरीद्धारा बिद्यालय सम्पर्क कार्यक्रमलाई त्रिब्रता , बिद्यार्थीलाई जनचेतना मुलक प्रशिक्षण ।

नेगम परियार
कार्तिक २५ मनाङ


मनाङ प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रमले त्रिब्रता पाउदै गएको छ त्रिब्रता मात्र नभई समुदाय प्रहरी साझेदारी कार्यक्रम समुदायमा पनि लोकप्रियता कमाउदै गएको छ । बिद्यालयहरुमा जिल्ला प्रहरी कार्यालय मनाङले बिभिन्न कार्यक्रम गर्दै आएको छ । जस मध्ये गत सोमबार जिल्ला प्रहरी कार्यालय मनाङले सदरमुकाम चामे स्थित लोकप्रिय मा.बि. चामेमा संयुक्त एक कार्यक्रम गरेको छ ।

बिद्यालयको सभाहलमा सोमबार प्रहरी बिद्यालय सम्पर्क कार्यक्रम मार्फत साईबर अपराध,बिपद ब्यवस्थापन,बाल यौन दुब्र्यवहार अपराध नियन्त्रणका बिषयमा बिद्यार्थीहरुमा जनचेतनामुलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।


कार्यक्रममा असल नागरीक निर्माणमा सहभागी बिद्यार्थीलाई प्राप्त ब्यवहारीक ज्ञान परिवार तथा समाज सम्म पुग्ने हुदा सचेत तथा सुरक्षित समाज निर्माणमा महत्वपुर्ण रहेको हुदा अनुकुल समय मिलाएर यस्ता कार्यक्रम नियमित संचालन गर्ने र यस प्रकारका जनचेतना मुलक कार्यक्रमलाई सहयोग प्राप्त हुने सुझाब शिक्षक तथा बिद्यालय ब्यवस्थापन समितीका सदस्यहरुले बताएका थिए ।


समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत लोकप्रिय मा.बि.का प्र.अ. सुरेश कुमार थापाको अध्यक्षतामा संचालित कार्यक्रममा प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर थापाले साईबर अपराध ,बाल यौन दुब्यवहार र बिपद ब्यवस्थापनका बिषयमा कक्षा ६ देखि ९ सम्मका बिद्यार्थीहरुलाई जनचेतना मुलक कक्षा सञ्चालन गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख तथा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्की अतिथि रहेको थिए भने प्रहरी जवान भोज बहादुर रुचालले कार्यक्रमको सहजिकरण गरेका थिए ।
तस्बिर जि.प्र.का.मनाङ


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment