async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङको फु मा स्वास्थ्य शिबिर , ५० जना लाभाम्बित । | यूनिक न्युज (UNIQUE NEWS)

मनाङको फु मा स्वास्थ्य शिबिर , ५० जना लाभाम्बित ।

नेगम परियार
कार्तिक २५ मनाङ

Image may contain: 3 people, including अधिकारी, people smiling, people sitting and outdoor
मनाङको फु मा स्वास्थ्य शिबिरमा ८७ बर्षिय आमाको स्वास्थ्य परिक्षण गर्दै  जिल्ला अस्पताल चामे मनाङका डा. सन्तोष अधिकारी ।

हिमाली जिल्ला मनाङ बिकटतासंग जुध्दै अगाडी बढिरहेको छ । मनाङको बिकटता भन्ने बित्तिकै जिल्लाको नार फु गाउँलाई चिनिन्छ । जहाँ आजको दिन सम्म पनि सडक मार्ग पुगेको छैन । शिक्षा,स्वास्थ्य,सडक लगायत अन्य धेरै सेवा सुबिधा बाट अझै पनि बन्चित छ मनाङको नार फु गाउँ । सोहि बिकट नार फु मा सोमबार मनाङको सदरमुकाम चामेमा रहेको जिल्ला अस्पतालबाट जिल्ला अस्पताल चामेका डा. सन्तोष अधिकारी सहित अन्य २ जना गरी ३ जनाको टोली सोमबार नार्पाभुमि गाउँपालिकाको वडा नं. ५ कर्मचारी आवास गृह फु मा पुगेर स्वास्थ्य शिबिर सञ्चालन गरेको छ ।


सदरमुकाम चामेबाट हिडेरै एक दिन देखि दुई दिन सम्म लाग्ने फु गाउँमा स्वास्थ्य सामाग्री औषधी लगायत लिएर अधिकारीको टोली फु गाउँमा पुगेर स्वास्थ्य शिबिर सञ्चालन सम्पन्न गरेको डा. सन्तोष अधिकारीले बताए । शिबिरमा ५० जना भन्दा बढी शिबिरबाट लाभाम्बित भएका अधिकारीले बताए । 


स्वास्थ्य शिबिर फु गाउँको कर्मचारी आवास गृहमा सञ्चालन गरिएको थियो । बिशेष गरी फु मा हाडजोर्नीका बिरामीहरु आएको र त्यस क्षेत्रमा अति चिसो हुने भएकाले बिशेष गरी हाडजोर्नीका बिरामीहरु बढी भएको जिल्ला अस्पताल चामे बाट खटिएका डा.सन्तोष अधिकारीले बताए । त्यस्तै बुधबार नार्पाभुमि गाउँपालिका अन्र्तगत नार गाउँमा स्वास्थ्य शिबिर गरिने समेत अधिकारीले बताए । डा.गोबिन्द के.सी.को सिद्धान्तमा हिडन र काम गर्न रुचाउने डा. अधिकारी यी र यस्ता बिकट ठाउँहरुमा साथै असक्क्त , अपाङ्ग,बृद्ध बृद्धाहरुको सेवा गर्ने अवसर पाउदा निकै खुशि हुने बताए । कस्टकर र मन भित्र दुख पिडा भए पनि यस्ता कार्य गरि सेवा प्रदान गर्न पाएकोमा आफुले आफुलाई निकै भाग्यमानी महशुस गरेको समेत बताए ।

तस्बिर सौजन्य : डा.सन्तोष अधिकारी जि.स्वा.का. मनाङ


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment