गोरखा जिल्लाको तल्लो क्षेत्रको विकास लागि बेनिघाट देखि तनहुँको आँबुखैरेनीसम्म ७ वटा पक्कीपुल निर्माण गर्ने लक्ष्य रहेको छ । मुग्लिनमा पुल राख्नु पर्छ भन्दै आएको थिएँ त्यो काम सुरु हुन लागेको छ । गोरखा धादिङ जोड्ने धबादीघाट र गोरखा चितवन जोड्ने मुग्लिनपुल निर्माण कार्य सुरु भएको छ । निर्माण कार्य थालनी भएर पनि विविध कारणले रोकिएको बुटार पुलमा बेलिब्रिज राखेर थप निर्माण कार्य अगाडि बढाउने योजना अनुसार काम अगाडि बढेको छ । कुरिनघाटमा पक्कीपुलको लागि अध्ययनको लागि टोली खटिएको छ । पृथ्वी राजमार्गको बैकल्पिक राजमार्गका रुपमा गण्डकी गाउँपालिका, सहिदलखन गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिकाका तल्लो क्षेत्र हुँदै पृथ्वी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सडकसञ्जाल पुर्याउने र यसबाट यहाँका नागरिकहरुले मनग्य फाईदा लिन सकुन भन्ने रहेको छ । यसमा अर्थमन्त्रीसँग भेटेर कुरा गरेको र उहाँ उत्साहित रहनुभएको अधिकारीले बताए ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Thankyou for comment