async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> आँबुखैरेनी बजार इकाई समितीको २४ औं साधारण सभा सम्पन्न, भ्याट र प्यानका व्यापारीहरुले हिसाब–किताब चुस्त,दुरुस्त राख्न आग्रह ः मानकाजी श्रेष्ठ | यूनिक न्युज (UNIQUE NEWS)

आँबुखैरेनी बजार इकाई समितीको २४ औं साधारण सभा सम्पन्न, भ्याट र प्यानका व्यापारीहरुले हिसाब–किताब चुस्त,दुरुस्त राख्न आग्रह ः मानकाजी श्रेष्ठ

राम बहादुर धामी
आँबुखैरेनी, ८ मंसिर । 

Image may contain: 6 people, people sitting

तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितीको २४ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । समितीको आफ्नै सभाहलमा समितीका सभापति कृष्णमान तामाङ्गको सभापतित्व तथा तनहुँ उद्योग बाणिज्य संघका सभापति मानकाजी श्रेष्ठको प्रमुख आथित्यतामा सो साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभालाई सम्बोधन गर्दै तनहुँ उद्योग बाणिज्य संघका सभापति मानकाजी श्रेष्ठले भ्याट र प्यानमा जाने व्यापारीहरुले आफ्नो हिसाब–किताब चुस्त, दुरुस्त राख्न आग्रह गर्नुभएको छ । हिसाब–किताब चुस्त, दुरुस्त राख्दा पनि कर कार्यालयले दुःख दिएमा कर कार्यालय विरुद्ध लड्ने श्रेष्ठले चेतावनी दिनुभएको छ । 

साधारण सभामा तनहुँ उद्योग बाणिज्य संघका सभापति मानकाजी श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितीका सभापति कृष्णमान तामाङ्ग, तनहुँ उद्योग बाणिज्य संघका सदस्य सुनिल मल्ल, आँबुखैरेनी बजार इकाई समितीका सल्लाहकार उपेन्द्र देवकोटा, ऋषि के.सी., ईन्द्रमान परियार लगायतको सहभागिता रहेको थियो । समितीका कोषाध्यक्ष गोबिन्द श्रेष्ठले आर्थिक वर्ष ०७५÷०७६ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन समितीका सचिव काजी थापाले गर्नुभएको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment