नेगम परियार
मंसिर १४ मनाङ
मनाङमा चिसो बढदै आएसंगै जिल्ला भित्र बिभिन्न बिपद आई पर्न सक्ने हुनाले बिभिन्न हिमपात लगायतका बिभिन्न बिपद बारे जिल्ला प्रहरी कार्यालय मनाङले समुदाय साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला भित्र बिभिन्न स्थानहरु तथा गाउँहरुबाट बिपद आई पर्न सक्ने भएकाले जिल्ला भित्र मनाङ प्रहरीले बिपद ब्यवस्थापन तथा बिपद पुर्व तयारी जस्ता कार्यक्रम गर्दै आएकोमा पुन चिसो बढेसंगै जिल्ला भित्र पर्न सक्ने बिभिन्न बिपद पुर्व तयारी कार्यक्रमहरुको सुरुवात गरेको छ ।
गत शनिबार जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मनाङको संयुक्त आयोजनामा सिमा प्रहरी चौकी हुम्डेको समन्वय तथा मनाङ ङिस्याङ गाउँपालिका २ नं. वडा घ्यारुको ब्यवस्थापनमा बिपद ब्यवस्थापन पुर्व तयारी तथा सचेतना कार्यक्रम सम्पन्न गरी बिपद पुर्व तयारी कार्यक्रमको सुरुवात गरेको हो । कार्यक्रममा सुरक्षा निकायका जिल्ला भित्र रहेको सबै सुरुक्षा निकायहरुको प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
0 comments:
Post a Comment
Thankyou for comment