async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> एकिकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम परिषद सम्पन्न | यूनिक न्युज (UNIQUE NEWS)

एकिकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम परिषद सम्पन्न

राजेन्द्र न्यौपाने
गोरखा १५ मंसीर । 


एकिकृत अखिल नेपाली शिक्षक संगठन गोरखाको प्रथम परिषद शनिबार सम्पन्न भएको छ । नेकपाको सभाहल पाटेचौरमा भएको परिषदलाई सम्बोधन गर्दे सँगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले नेपालको शैक्षिक क्षेत्रको विकास लागि, यहाँका शिक्षक, विद्यालय कर्मचारीहरुका लागि सहि र यथार्थपरक कुरा गर्ने शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन भएको बताए । बालविकास देखि साविक दशजोड दुई दरबन्दीका सबै शिक्षक साथीहरुको समस्या समाधानका लागि संगठन लागिरहेको उनले बताए । 

शिक्षा ऐन सँशोधनका फाइलहरु अमुक व्यक्तिहरुले लुकाईदिएको भन्दै उनले भत्र्सना गरेका छन् । शिक्षा क्षेत्रको विकासले यहाँका गरिबहरुको उत्थान हुने भन्दै केही शासकहरु अतालिएको उनले आरोप लगाए ।  कार्यक्रममा नेकपाका गोरखा जिल्ला इञ्चार्ज कृष्ण धिताल, शिक्षक महासंघ गोरखाका अध्यक्ष धु्रवकुमार भट्ट, राहत शिक्षकका गोरखा अध्यक्ष शिव यादव लगायतले मन्तव्य राखेका थिए । संगठनका अध्यक्ष टिकाराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव तेज बहादुर नेपालीले सञ्चालन गरेका थिए । 






SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment