async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> पैसा लिएर होइन विक्री गर्ने बस्तु लिएर बजार जाऔं ः साँसद अधिकारी | यूनिक न्युज (UNIQUE NEWS)

पैसा लिएर होइन विक्री गर्ने बस्तु लिएर बजार जाऔं ः साँसद अधिकारी

। 

राजेन्द्र न्यौपाने
गोरखा, २४ मंसीर । 


गोरखा निर्वाचन क्षेत्र नं. १ का साँसद हरीराज अधिकारीले गाउँबाट पैसा लिएर बजार झर्ने र बजारका बस्तु लिएर गाउँ फर्कने चलनको अन्त्य गर्नुपर्ने बताएका छन् । 

साना किसान कृषि सहकारी संस्था लि मनकामनाको १५ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनलाई  सोमबार मनकामनामा सम्बोधन गर्दै उनले भने , “गाउँमा बसेर ऋण खोजेर पैसा लिएर बजार जाने र समान लिएर गाउँ फर्कने गर्नुहुँदैन, बजार जाँदा गाउँमा उत्पादन भएको बस्तु लिएर जानुपर्छ र उक्त वस्तु विक्री गरेर नगद लिएर गाउँ फर्कनुपर्दछ । त्यसो भयो भने मात्र गाउँको विकास हुन्छ । आफूसँग पैसा सकिएपछि ऋण खोजेर मानिसहरु व्यवसाय गर्न अघिसर्छन, व्यवसायमा क्षमता पनि भएको हुँदैन घाटा परेपछि झनै अर्को तनावमा पर्दछन् । यस कारण आफूसँग केही पुँजी हुँदैमा सीप सिकेर केही ऋण लिएर काम गर्दा कहिल्यै नोक्सानमा पर्नु पदैन । यसबाट सबैको हित हुन्छ । ”

संघीय गणतन्त्र विकास गर्नका लागि ल्याइएको बताउँदै स्थानीय स्तरमा जे बस्तुको उत्पादन हुन्छ त्यहीमा लगानी गर्न उनले आग्रह गरे । सानो लगानीबाट व्यवसाय सुरु गरी उत्पादन गर्नुपर्छ, आफूसँग भएको सीप र क्षमता बाहेकका क्षेत्रमा लगानी गर्नुुहुँदैन, उनले भने । 

साना किसान सहकारीले विगत २० वर्ष अघिदेखि जिल्लाको दक्षिणी क्षेत्रमा पुर्याएको सेवा राम्रो रहेको बताए । यस सहकारी मार्फत कृषि पेशा गर्ने किसानहरुका लागि टेवा पुगेको मैले महसुस गरेको छु । सहकारीका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment