async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङमा हिमपात , जनजिबन प्रभाबित , दैनिक कार्यमा सकस । फोटो फिचर | यूनिक न्युज (UNIQUE NEWS)

मनाङमा हिमपात , जनजिबन प्रभाबित , दैनिक कार्यमा सकस । फोटो फिचर

नेगम परियार
मंसिर २७ मनाङ


मनाङमा हिमपात सुरु भएको छ । मनाङको माथिल्लो क्षेत्रहरुमा गत बुधबार रातीबाट नै हिमपात सुरु भएको हो । आज शुक्रबार बाट भने जिल्लाको सदरमुकाम चामेमा पनि हिमपात भएको छ । उता मनाङको नार्पाभुमि गाउँपालिका र मनाङको माथिल्लो भेग मनाङ ङिस्याङ गाउँपालिकामा भने गत बुधबार राती बाट नै हिमपात भएको माथिल्लो मनाङबाट शान्ता लामाले बताए । 

शुक्रबार बाट जिल्लाको सदरमुकाम चामे गाउँपालिकाका बिभिन्न स्थानहरु कोतो, थानचोक,तिमाङ लगायतका स्थानहरुमा शुक्रबार बाट हिमपात भएको तिमाङबाट राम बिश्वकर्माले जानकारी दिए ।  मनाङमा हिमपात र चिसोका कारण जनजिबन प्रभाबित भएको छ । मनाङका स्थानियबासीहरुको दैनिकी कार्यमा समेत असहज भएको स्थानियहरुले बताए । पहिले भन्दा यस बर्ष चाडो हिमपात भएको स्थानियबासीले बताए । यस बर्ष मंसिरको २७ मै सदरमुकाम चामेमा नै यस्तो हिमपात भएको चामेका स्थानिय तथा होटल ब्यवसायि धन बहादुर लामाले बताए ।


हिमपात र चिसोका कारण र हिमपातसंगै चलेको हावाले गर्दा पनि मनाङको जनजिबन प्रभाबित तथा अस्त ब्यस्त भएको हो । हिमपात र चिसोका कारण दैनिक कार्य ठप्प भएको छ भने मनाङ हुदै जाने अन्नपुर्ण पैदलमार्गमा आउने तथा तिलिचो ताल भ्रमणमा आउने आन्तरिक तथा बाहिय पर्यटकहरु पनि मनाङको बिभिन्न स्थानबाटै फर्कन थालेका छन । 


यता जिल्ला प्रहरी कार्यालय मनाङले भने हिमपात र चिसो बढे पछि पर्यटकहरु तथा स्थानियहरुमा थप समस्या तथा बिपद आई पर्न सक्ने भएकाले यस्तो समयमा प्रहरी गस्ती आवस्यक रहेकोले जिल्ला भित्रका प्रहरीहरुलाई बिपद आई पर्न सक्ने भएकोले प्रहरी गस्तीलाई निरन्तरता दिनको लागी हिमपातको समयमा पनि गस्ती सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख तथा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए । 

मनाङमा हिमपातको समयमा पनि मनाङ प्रहरी गस्ती गर्दै । हिमपातको समयमा बिपद आई पर्न सक्ने भएकाले बिपद ब्यवस्थापन गराउन जिल्ला प्रहरी कार्यालय मनाङले प्रहरी गस्ती गरेको हो । 


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment