async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनकामना माई बहुउद्देश्यीय सहकारीको १३ औं बार्षिक साधारण सम्पन्न । | यूनिक न्युज (UNIQUE NEWS)

मनकामना माई बहुउद्देश्यीय सहकारीको १३ औं बार्षिक साधारण सम्पन्न ।

राम बहादुर धामी 
आँबुखैरेनी, २९ मंसिर ।

Image may contain: 4 people

मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आँबुखैरेनी–३, तनहुँको १३ औं बार्षिक साधारण शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भगवानदास मल्लको सभापतित्व तथा नेपाल बहुउद्देश्यीय सहकारी संघका केन्द्रिय अध्यक्ष सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो । माई छिम्केश्वरी पार्टी प्यालेस एण्ड रेष्टुरेण्टमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष भगवानदास मल्लले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा २ करोड उन्नाइस लाख १८ हजार २ सय रुपैंया शेयर पूँजी रहेको सहकारीले आर्थिक वर्ष ०७५÷०७६ मा १ करोड ३० लाख ५७ हजार ४ सय ३९ रुपैंया ४७ पैंसा मुनाफा गर्न सफल भएको छ ।

 त्यस्तै, ०७६ असार मसान्त सम्म सहकारीको कूल निक्षेप ३० करोड ३८ लाख ३७ हजार ४ सय ९४ रुपैंया ५४ पैंसा र कर्जा लगानी २७ करोड ३० लाख ७७ हजार २ सय ८ रुपैंया प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै सहकारीले साधारण सभा कार्यक्रममा सहकारीमा उत्कृष्ट कारोबार गर्ने १० जना सदस्यलाई सम्मान गरेको छ । यसैगरी, कला, साहित्य मार्फत आँबुखैरेनीलाई राष्ट्रिय स्तर सम्म पहिचान दिलाउन योगदान पु¥याएको भन्दै आँबुखैरेनी स्रष्टा समाजलाई सम्मान गरेको सहकारीले जनाएको छ । त्यस्तै, २०७५ सालको एसइइमा शेयर सदस्यका परिवारबाट उत्कृष्ट अंक ल्याउने मस्र्याङ्गदी बाल ज्योती आवाशिय माध्यमिक विद्यालय र राम शाह माध्यमिक विद्यालयका १÷१ जना विद्यार्थी तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने अल्पसंख्यक तथा पिछडिएको समुदायका असल तथा जेहेन्दार ८ जना विद्यार्थीलाई सम्मान गरिएको सहकारीका सचिव उपेन्द्र देवकोटाले जानकारी दिनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment