async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> काठमान्डौ बाट तिलिचो ताल मनाङ भ्रमण अनुभव । फोटो फिचर सहित | यूनिक न्युज (UNIQUE NEWS)

काठमान्डौ बाट तिलिचो ताल मनाङ भ्रमण अनुभव । फोटो फिचर सहित


बिश्वकै सबै भन्दा अग्लो स्थानमा रहेको मनाङ जिल्लामा पर्ने तिलिचो ताल जुन समुन्द्री सतहबाट ४९१९ मिटरको उचाईमा रहेको छ ।


काठमान्डौबाट तिलिचो ताल घुम्न आएका आयुष पौडेलको अनुभव हामीले लिएका छौ । आशा छ उहाँको यो अनुभवबाट तपाईहरुलाई तिलिचो ताल घुम्न जानको लागी सहज बनाउने छ भन्ने आशाका साथ उहाँको अनुभव काठमान्डौ देखि तिलिचो ताल सम्मको अनुभवलाई लिने बिचार गरेको छु । उहाँको बिचार जस्ताको त्यस्तै ,

हामी केहि साथीभाईहरु मिलेर दशैँ पछि मनाङ जिल्लामा पर्ने बिश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल जाने निर्णय गरी तिलिचो तालको बारेमा आवश्यक पर्ने सबै कुराहरुको जानकार जम्मा गर्न थाल्यौ ।कहाँ बाट जाने खर्च के कति लाग्छ, बस्ने ठाउँ के कति महङगो पर्छ, के कस्ता सवारी साधन बाट जान सकिन्छ ,बाटो के कस्तो छ ,लगायतका सबै जानकारी हामीले युटुबका भिडियोहरु र म्याप गुगलबाट सबै जानकारी लियर हामि दशैँ लगतै असोज २३ गते काठमान्डौ बाट तिलिचो ताल हाम्रो गन्तब्य बनाएर निस्कीयौ । हामी म संगै मेरा साथीहरु गरी छ जनाको समुह काठमान्डौको गंगबु बर्ष पार्कमा सबै जना बिहानै ६ बजे भेट गर्ने गरी अगिल्लो दिन हामी सबैले आफुलाई चाहिने सबै कुराहरु राम्रोसंग प्याकिङ गरेर भोली बष पार्कमा भेट हुने भनी सुत्यौ । तर मलाई भने त्यो रात भर निन्द्रा नै लागेन किन कि म एकदमै आतुर भएको थिए ।

 मनमा अनेकौ कौतुहल्ता थियो कस्तो होला , के होला , भित्र भित्रै अनेकौ प्रश्न उठिरहेको थियो । मनमा अनेकौ कुराहरु खेल्दा खेल्दै कति खेर भुसुक्क निदायछु थाहै  भएन । भोली बिहान अचानक मोबाईलमा लगाएको आलारामको घण्टीको आवजले बिउजिए । हतार हतार गर्दै म सबै आफनो सामान बोकेर घरमा बिदा मागी बष पार्क तिर दौडन थाले सबै जना आई सकेकोले सबैजना भेट एकै पटक सबैजना एकै ठाउँमा भएकोले सहज भयो । 


अनि हामी काठमान्डौ बाट  लम्जुङ बेशिसहर जाने पहिलो माईक्रो हाईसको टिकट काटयौ । माईक्रोको काठमान्डौबाट लम्जुङ बेशिसहर सम्मको भाडा ४२० रुपैँया रहेछ । पहिलो माईक्रो भएकाले निकै भिडभाड थियो । माईक्रो गुडन थाले पछि अनि हाम्रो यात्रा पनि सुरु भयो । हामी सिधै लम्जुङको बेशिसहरको मनाङ्गे चौतारामा ओर्लियौ । मनाङ्गे चौतारामा निकै चहल पहल भएको हामिले देख्यौ । सबै भन्दा पहिला हामी मनाङ्गे चौताराको पुस्पाञ्जली होटलमा खाना खायौ र मनाङ्ग जाने सवारी खोज्न थाल्यौ । पर्यटक सिजन र चाडबाडका कारण सवारी साधन पाउन मुस्किल रहेको कुरा हामीलाई थाहा भयो । बिदेशि तथा नेपाली पर्यटक अनि चाडपर्वमा छुटटीमा घर आएका मनाङ्गका कर्मचारीहरुको एकै चोटी भएकोले सवारी पाउन निकै असहज भयो । 

ठुला सवारी साधन जान नसक्ने भएकोले मनाङ्गमा साना सवारी साधन बोलेरो जिप मात्र सच्ने रहेछ । हामी पनि गन्तब्यमा पुग्नै परेकोले छ जना मिलेर बोलेरो रिर्जभ गर्ने भन्दा अर्को कुनै उपाय नै रहेन । सवारी चालकहरुले भाडादरमा लैजान नमिल्ने रिर्जभमात्र गर्ने भन्दै अडिग भएर बसेकाले हामीले पनि रिर्जभ गर्ने निर्णय बनाएर एउटा बोलेरो चालकलाई कुरा राख्यौ । चालकले बेशिसहरबाट मनाङ्गको माथिल्लो भाग खाङ्गसार सम्मको छ जनाको २५ हजार लाग्ने बताए । हामीलाई त्यहाँको भाडा दर पहिले नै जानकारी भएकाले हामिले त्यति  दिन नसक्ने बतायौ । तर चालक नमाने पछि जानै पर्ने थियो बेशिसहरमा बसेर कुनै फाईदा नै थिएन ।


 बल्ल बल्ल चालकसंगको बाग्रलीङ्ग पस्चात २२ हजारमा ६ जनालाई लान माने पछि हामी जिपमा बस्यौ र यात्रा सुरु भयो हाम्रो मनाङ्ग तर्फ बाटामा रहेको बिभिन्न खोला , अति जोखिम सडक भिरपहरा,अनि मनै लोभ्याउने झरनाहरु ,अनि मस्र्याङ्गदी नदीको किनारै किनार हाम्रो यात्रा सुरु भयो । बेशिसहर काठमान्डौ बाट हामी करिब ११ बजे आईपुगेका थियौ भने करिब १२ बजे तिर मात्र हामी बेशिसहरबाट मनाङ्ग तर्फको हाम्रो यात्रा सुरु भएका थियो ।

हामी रमणिय दृश्य तथा प्रकृतिको निशुल्क प्रदान गरेको सुन्दर दृश्य हेर्दै हामी मनाङ्ग जिल्लाको सदरमुकाम चामे आईपुग्यौ । पुन सदरमुकाम चामेबाट फेरी हाम्रो यात्रा माथितिर भएकाले ढिला नगरीकन यात्रा जारी राख्यौ । सदरमुकाम चामेबाट माथि लागे पछि झन हामी अति खुशी भयौ किन कि त्यहाँका सुन्दर बस्ती पहाड हिमालका दृश्य, फापर बारी स्याउँ खेती गरीएको ठुला ठुला स्याउँफार्म हाउस लटरम्म फलेका स्याउका दानहरुले मुखै रसाउदै बिभिन्न जोखिम सडक र मरुभुमि जस्तै स्थान हेर्दै हामी राती मात्र मनाङ्ग जिल्लाको माथिल्लो क्षेत्रको खाङ्गसार भन्ने ठाउँमा पुग्यौँ । 

खाङ्गसार पुगेपछि झनै हामी अचमित भयौ किन कि । पर्यटकिय सिजनको समय भएकाले सबै होटलहरु फुल प्याक भएको पाए पछि हमिलाई होटल पाउन सारै सकस भयो । अन्त एक होटलमा खानको ब्यवस्था भयो र सुत्न भने डाईनिङ हलमा मिल्यो । जे जस्तो एक रात त हो भनी ठानी ब्यवस्था मिलायौ । भोली बिहान बिहानको खाजा खाएर हाम्रो पैदल यात्रा सुरु भयो तिलिचो ताल तर्फ । तिलिचो ताल भन्दा तल तिलिचो वेसक्याम्पमा गएर थकाईको साथै खाना खाई तिलिचो वेसक्याम्पमा आराम सहित सोहि ठाउँमा बास्ने निधो गरे पछि उक्त रात त्यहि बस्यौ रतिलिचो वेसक्याम्पमा पनि उस्तै समस्या जम्मा ३ वटा होटलहरुमात्र रहेछ । 


साझ पखबाट तिलिचो तालको तिन वटै होटल भरी भराउमात्र होईन खचाखच हुन थाल्यो । सो रात त्यहि बिताएर भोली बिहानै सबेरै हामी बिहानको नास्ता गरेर तिलिचो ताल तर्फको यात्रामा निस्कीयौ । करिब ३ घण्टाको पैदल यात्रा पस्चात मात्र हामी तिलिचो तालको स्वागत पाएका हामी के भन्नु खै भनेर लेखेर कुनै वर्णन नै गर्न नसकिने यति सुन्दर स्थल अनि तिलिचो ताल हामिले कहिले कल्पना समेत गरेका थिएनौ । वरीरी सेताम्मे हिमालै हिमाल हिमालको काखमा निलो पानीमा सजिएको तिलिचो तालको सुन्दर मनै लोभ्याउने स्वर्गको आवास भए जस्तो महसुस भयो ।

 करिब २ घण्टाको समय त्यहि बेतेछ तर हामीलाई २ घण्टा समय बितेको थाहै भएन तिलिचो तालसंग नजिकबाट काखैमा बसेर फोटो खिच्ने भिडियो खिच्ने र तिलिचो तालको सुन्दरतामा रमाएका हामी करिब दुई घण्टाको समय बिताए पछि पुन हामी तिलिचो वेसक्याम्प फर्कि आरमा गरी तिलिचो वेसक्यापमै बसी अर्को दिन बिहानै मनाङको खाङ्गसार तर्फको यात्रामा निस्कीयौ । पुन खाङ्गसारबाट पुन बोलोरो जिपको यात्रामा मनाङको तिलिचो तालको झलझली सम्झना मनभरी संगाल्दै हामी काठमान्डौ तर्फको यात्रामा फर्कियौ । 


मनाङ जति बिकटता भए पनि अति सुन्दर तथा स्वर्गको आभास गराउने जिल्ला भएको महसुस गरायो अझ तिलिचो ताल हिमाल,खोला नाला झरनाले त झन लाग्थ्यो स्वर्ग भनेको यहि हो जस्तो । मैले मेरो अनुभव तपाईहरुलाई बढेको छु ताकि तपाईहरुलाई मनाङ र तिलिचो तालको बारेमा धेरै थोरै अनुभव मिल्ने आशामा पक्का पनि तपाईहरु पनि एक पटक तिलिचो पुग्नै पर्ने ठाउँ हो । एक पटक तिलिचो तालको अवलोकन गर्नु हुनेछ भन्ने आशा ब्यक्त गरेको छु धन्यबाद । 

(पहिला स्वदेश घुम्मौँ अनि मात्र बिदेश )



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment