मनकामना
र गोरखनाथलाई विश्व सम्पदा सूचिमा राख्न पर्यो, संघले हेर्न पर्यो भन्ने कुरा भयो र संघले हेर्न
थाल्यो । संघीय सरकार
मार्फत विश्व सम्पदा सूचिमा राख्ने प्रक्रिया अगाडि बढेको छ ।
रुइला
भञ्ज्याङ सम्म मोटरबाटो
नेपाल
चीन सीमा रुइला भञ्ज्याङ जाने बाटो सेनाले तिब्र गतिमा खनेको छ, पैसा नपुगेको
कारणले अर्थमन्त्रीसँग कुरा गरेपछि उहाँले अर्थसचिवलाई फिल्डमा पठाई काम निरन्तर गर्नुस् पैसा समस्या हुँदैन भनेर विश्वास दिएर आउनुभएको छ । ।
प्रभावकारी
ढंगले बाटोको पहरो फुटाउने काम भईरहेको छ । यतिबेला
बाटो खन्ने काम सिर्दीवासबाट अघि बढेको छ । चीनबाट
रुइला भञ्ज्याङसम्म ग्राभेल भएको छ । अव
हाम्रोतिरबाट पनि काम गर्न प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ ।
माथिबाट
पनि काम सुरु गर्ने निर्णय छ । अघिल्लो
वर्ष विनियोजन भएको बजेटले काम हुन नसकेपनि यस वर्ष माथिबाट
बाटो खन्ने काम हुन्छ । माथिबाट बाटो
खन्न सजिलो छ, यसका लागि
प्रदेश सरकारले काम गर्छ । सेनाले खनिरहेको
बाटो रुइला भञ्ज्याङ हुँदै आएको बाटोमा जोडिन्छ ।
विकासका
लागि मुख्य कुरा बाटो हो । उत्तरी
क्षेत्रमा पहिले बाटो लैजान पाए ह्वारार सबै थोक विकास हुन्छ भन्नेमा म ढुक्क छु
। अहिले सडक निर्माणको विकासमा भईरहेको तिव्रता देखेर यहाँका जनताहरु खुशी छन ।
0 comments:
Post a Comment
Thankyou for comment